Thursday, September 1, 2016

हो राउत तिमीले ठीक भन्यौ

काठमाण्डौओर्लिएं सोलुखम्बूबाट पहिलो पटक काठमाण्डौ आएको थिएं त्यहि भयर रमाइलो अनुभूति भयको थियो । संगै बसबाट झरेको यौटा मान्छेको झोला हराएछ, त्यहाँ अचम्म लाग्दो कुरा भयो जब उनले म तिर औला सोझाउदै भने उ त्यो भोटे ले पो बोकेर हीड्योकी? मैले हासेर होईन हजूर छैन भनिदिएं।कुरो २०५६ साल तिरको हो देशको स्थिति जर्जर थियो अलिकती बोल्न पनि डराउनु पर्ने, त्यो माथि हामी हिमालको मान्छे, हामीत कहाँ राज्यको नागरिक हौ ? पछी काठमाडौंको रहनसहन यस्तै रहेछ जस्तै लाग्न थाल्यो | देश कहाँ सोलुखुम्बु हो र देश भनेको त काठमाडौं पो रहेछ जस्तो लाग्न थाल्यो |            

              देशमा राजनैतिक उथलपुथल भयो एक आपसमा लडेका माओवादी र सरकार एक ठाउमा आयो, अरुले बुझे झै मैले पनि राजतन्त्र भेदभावको कारकको रूपमा बुझेको थिएं। देशमा गणतन्त्र आयो एक किसिमले भन्दात राजनीतिक रुपमा चरम प्राप्ति भयो गिरिजा र प्रचण्डले खुल्लामंच थर्काए नेपाली जनताले अधिकार पाए भनेर मैलेपनि ताली ठोकी दिएं मज्जाले । मुक्तिको लागि भन्दै बिभिन्न मोर्चा बनाइदिए पार्टीहरूले म झन नेपालीबाट पनि घटुवा भएं म मोर्चामा जानुपर्ने भयो जान सकीन ।  जो मोर्चा लागेर पछिपछि झण्डा हल्लाएर हिडने पछुवाहरू नेता हुदै मन्त्री भए । अझै पनि काठमाण्डूको मान्छेले मलाई भोटे भन्न छाडेनन् । पछि महसूस भयो राज्य विकास हुन एउटै धर्म एउटै वर्ण चाहिन्छ । त्यसैले मलाई हिमाल देश चाहियो जहाँ हाम्रो वर्ण धर्म एउटै हुन्छ । त्यहा मलाई कसैले भोटे भन्दैन म आफ्नो स्वाभिमानमा बाच्न पाउछु हिमाल देश को नागरिक भएर।                                            


   एक जना सोलुखुम्बुको अंकलले यसोभन्दा मेरो मन अमिलो भयो  मैले मनमनै यो पनि देश टुक्राउनु पर्छ भन्ने मान्छेमा पर्ने रैछ भन्ने महसूस गरें।      


 मेरो अनुहार अलिअलि कालो बर्णको छ। म पहाडिया नै हु म लगभग मधेशी जस्तै देखिन्छु झट्ट हेर्दा मानिसहरू मलाईपनि मधेशी नै भनेर झुक्किने गर्छन । म बारम्बार  मधेसी बनाइएको छु काठमाण्डौमा डेरा खोज्न जादा पहिलो प्रश्न हुन्छ भैया घर कहाँ हो नेपाल की इंडिया ? घरबेटीलाई मनाइयो भोली त्यहि ठाऊमा कोठा बस्न आयो त्यो मधिशे आयछ बस्न हल्ला पनि अत्ति गर्छहोला बिजोग गर्यो घरबेटीले यस्तै यस्तै छिमेकीहरूको आवाज सुनिन्छ । बच्चाबच्चीहरूले दाईभाई भनेर बोलाउदैनन् बरू बोली फूटेको देखी बुडाबुड़ी सबैको भैया बन्नु पर्छ। एक पटक छिमेकि कोठाको दीदीले सोध्नुभयो तिम्रो गाऊँ तिरको सेकेण्डह्याण्ड सामान उठाउने कोहि छैन? हेर न कागज नै कागज भयो कि तीमीनै लैजान्छौ ? मैले द्वादश गर्न ठीक ठानिन थाहा छैन दीदी भनेर आफ्नो बाटो लागें। काठमाँडौको बसाई रहर भन्दा वाध्यता बढी हुने गरेको छ। मलाई कलेज पढ्न जादा पनि साथीहरूले अनेक नामले बोलाए अझै पनि एउटा नाम मेरो मानस्पटलमा घुमीरहन्छ । मैले त्यो शब्दको अर्थ त बुझ्न सकिन तर पनि आसय राम्ररी ज्ञान पाएँ मधेशी मूलको मान्छेलाई होच्याउने कुनै पदावली थियो।

 गणतन्त्रपछि पनि मधेश आन्दोलन भयो माग पुरापनि भयो सामावेशी आदि इत्यादि तर पनि पहाडियाको मानसिकताबाट नेपाली दाजुभाई हुन सकेनन् मधेशी जनता। अझ पनि पहाडिया मानसिकताको खोक्रो राष्ट्रवाद हावी छ। दौरासुरूवाल मात्र राष्ट्रीय पोसाक रे अनि नेपाली भाषामात्र राष्ट्रीय भाषा रे तराईको। छुटै अस्तित्व छ । भाषा फरक छ संस्कार फरक छ पहिचान फरक छ। नेपालीपन केवल थोपारिएको हो मधेश छुटै राष्ट्र हो देश हो तराई र हिमालले पहाडसंग सम्वन्ध विच्छेद गर्नु पर्छ आफ्नो अस्तित्व जोगाउन आफ्नो अस्तित्वलाई पहाडमा मिलाउनु हुन्न । डा• सी के राउत तिमी ठीक भन्दै छौ पहाड संग छुट्टिनु र आफु भएर बाच्नु हिमाल र मधेशको कल्याण हो|

No comments:

Post a Comment