Sunday, September 4, 2016

दरबार हत्याकाण्ड सत्य के गलत के ?

सूचना प्रबिधि र प्राबिधिक क्षेत्रमा अरु देशको नागरिक जति सम्पन्नशाली छन् त्येतिनै नेपाली पनि रहेका छन् । नेपालमा २००७ सालमा रेडियो नेपालको स्थापना भयो। प्रबिधिको विकास संगसंगै पंचायत कालिन युगमै प्रबिधिको विकास भनौ २०४२ सलमा नेपाल टेलिभिजनको स्थापना भयो। प्रबिधिको विकासनै भनौ २०५० सालको हाराहारीमा आइपुग्दा निजक्षेत्रले पनि संचारको ब्यापार गर्न थालिसकेको थियो | राणाकालको सुरुवातको लागि जङ्गबहादुरले मच्चाएको भण्डारखालपर्व  वा कोतपर्वको रहस्य बाहिर जे आय पनि यथार्थ कहिल्यै बाहिर आउन सकेन | डा० के आइ सिं ले सिहदरबार कब्जा गर्दाको यथार्थ भनौ या कहाली लाग्दो दासढुंगा घटना कहिल्यै यथार्थ बाहिर आउन सकेन | सबै अडकल वाजीमा धेरै लेख बिक्री भय कथाकार (लेखक) ले आफै प्रत्यक्षदर्शी झै दुहाई दिन पनि पछी परेनन्। 

बि• स• २०५८ जेठ १९ गते पनि नेपाली जनताको लागि एउटा सन्सनी पूर्ण तिथी रहन गयो | लगभग १५ बर्ष पुरा गरी सक्दा पनि रहस्यको गर्भमै रहेको दरबार हत्याकाण्डले राजा बिरेन्द्रको वंश नास गर्‍यो | राजा बिरेन्द्र रानी ऐश्वर्य राजाकुमारी श्रुति र राजकुमार निराजनको तत्कल मृत्‍यु भयो युवराज दीपेन्द्र बाट गोली हानी र आफुलाई पनि पिठ्यूमा गोली हाने उनी आँफैले | राजपरिवारको शवयात्रा थियो जनता स्वस्फुर्त राजपरिवार प्रति सम्मान जनाउदै थिए | मार्ने ( घटना को दोषी) भनिएका दीपेन्द्र पनि बेहोश ( कोमा ) मा थिय | खै बुझ्न सकिएन सरकारले कर्फ्यु लगायर आर्यघाट पुर्यायो राजारानीको शवलाई | तीन दिन पछी राजा दीपेन्द्र पनि मृत घोषणा भए उनको शवयात्रा पनि कर्फ्युमा सकाइयो | त्यस समय प्रधानमन्त्री थिए काङग्रेस सभापति स्वर्गिय गिरिजा प्रसाद कोइराला , सभामुख तारानाथ राणाभाट र प्रतिपक्ष दलका नेता थिए माधव कुमार नेपाल | 

  २०५८ साल सम्म आइपुग्दा प्रबिधीको यती बिकास भै सकेको थियो |ठुलाठुला ब्यापारिक स्थानहरुमा सि सि क्यामरा प्रयोगमा आइसकेको थियो | दरबार नेपाली जनताको धरोहर थियो अत्यन्त सम्बेदनशील स्थान थियो | अझ माओवादी सशस्त्र बिद्रोहको समयमा दरबारको सुरक्षा व्यवस्था त्यती फितलो जनताले विश्वास नै गर्न सक्दैनन किन भने एउटा अर्मीचिफको त वरिपरी बडीगार्ड हुन्थे भने देशको राजा र राजपरिवारको सुरक्षामा त्यसदिन एकजना पनि बडीगार्ड र सुरक्षाकर्मी नहुनु संयोग नहुनु पर्ने हो | ठुला ठुला आयोग बन्यो त्यो आयोग पनि तथ्य र प्रमाण तिर जान सकेन वा चाहेन | तेत्रो घटनाको सामान्य एउटा फोटोहरु प्रकाशन भएन न त त्यो अयोगले नै आधारको रुपमा माग्न सक्यो | सुचना र प्रबिधीको यस्तो प्रयोग भै सकेको ठाउँमा दरबार जस्तो सम्बेदनशिल ठाउँमा के सि सि क्यामराहरु रखिएका थियनन् होला त ? थियो भने खै ति क्यामेराहरुले कैद गरेको फोटोहरु ?     

प्रधानमन्त्री गिरिजले त रक्षा मन्त्रालय पनि आफ्नै मातहतमा राखेका थिए उनले त त्यो फोटोहरू माग्न सक्थे किन मगेनन् ?जनप्रतिनिधिको हैसियतले उनले सत्य तथ्य बाहिर ल्याउनु पर्थ्यो त्यो ल्याएनन् | कता कता जनतले संका गर्छन् काङग्रेस पनि सहभागी छ दरबार हत्याकाण्डमा | एमाले त माहिर थियो रेलिङ भात्काउन उ पनि चुप लागि दियो | भोली आफ्नो अस्तीत्व खोज्नुपर्ला भनेर हुन सक्छ |प्रबिधीमा युवराज दीपेन्द्र पनि अगाडि थिए | दरबार आफैमा सम्बेदनशील स्थान थियो त्यहाँ सि सि क्यामेरा थिएन भन्नु महामुर्खता भन्दा केही हुँदैन | तर पनि क्यामेरामा कैद भएका भिडीयो फोटोहरु कहिल्यै बाहिर ल्याइएन राजा दीपेन्द्रले हत्या गरेको भनियो तर पुष्टि हुन सकेन | ५) जनताको नजरको दोषी राजा ज्ञानेन्द्र पनि शक्तिहीन भएको धेरै भैसक्यो |त्यस पछि पनि सरकार प्रमुख फेरिए तरपनि कसैको त्यो दम चलेन कि भि भिडियो फोटोहरू खोजेर सत्यतथ्य बाहिर ल् ल्याउन | दरबार हत्याकाण्डलाई रहस्यको गर्भमै राखेर जनतालाई उल्लू बनाईएको छ कतै सुरक्षित राखिएको भिडियो फोटो नेपाली जनता सामु ल्याए असली दोषी को हो भेटिने छ त्यसपछि न त राजा दीपेन्द्र कागजी दोषी बन्नु पर्छ न त ज्ञानेन्द्र | जनताको नजरबाट प्रबिधिलाई छोपेर भ्रम छर्नाले घटना सधै गर्भमा रहेको छ|

No comments:

Post a Comment